images
images

कोशी प्रदेशसभामा मुख्यमन्त्रीले यसरी पाउँदैछन् विश्वासको मत


  • 269
    SHARES
  • २०८० भाद्र ४ गते सोमबार

    कोशी प्रदेशसभामा मुख्यमन्त्रीले यसरी पाउँदैछन् विश्वासको मत

    काठमाडौं । एमाले लगायत विपक्षी दलहरुको चरम असहयोगबीच कोशी प्रदेश सभामा मुख्यमन्त्री उद्धव थापाले सोमबारै विश्वासको मत लिने भएका छन् । वैठकमा अध्यक्षता गर्ने सम्भावित व्यक्तिलाई अनुपस्थित गराएर सत्तारुढ दलबाट वैठकको अध्यक्षता गराउने र अध्यक्षता गर्ने व्यक्तिलाई मतदान गर्नबाट वञ्चित गराएर विश्वासको प्रस्ताव असफल बनाउने विपक्षी रणनीतिलाई चिर्ने गरि सत्तारुढ पक्ष प्रस्तुत हुन लागेको हो । 

    प्रदेश सभामा सत्तारुढ दलका ४७ सांसद छन् । त्यसमध्ये एक जनाले अध्यक्षता गर्दा ४६ जनाले विश्वासको मत दिन सक्छन् । सभाको अध्यक्षता गर्ने व्यक्तिको मतलाई निर्णायक मत मानेर विश्वासको मत प्राप्त भएको घोषणा गर्ने सत्तारुढको तयारी छ । 

    प्रदेश सभा नियमावलीमा मत बराबर भएको अवस्थामा सभामुखले निर्णायक मत दिनसक्ने व्यवस्था भए पनि मत बराबर नभए पनि निर्णायक मत दिएर मुख्यमन्त्री नियुक्ति प्रक्रियालाई अर्को चरणमा प्रवेश गराउन नदिने रणनीति सत्तारुढ दलहरुले बनाएका हुन् । 

    यसअघि विपक्षी दलबाटै सभाको अध्यक्षता गराएर विवादरहीत रुपमा विश्वास प्राप्त गर्ने प्रयास गरेपनि त्यो सफल हुन सकेन । आज विश्वासको मत प्राप्त गरेको घोषणा भएको अवस्थामा यो फेरि न्यायिक निरुपणको  विषय भने बन्न सक्छ । 


    images
    images

    Logo