images
images

वैठक छोडेर कोशीकी उपसभामुख काठमाडौंमा, विश्वासको मत लिने प्रक्रिया अन्यौलमा


  • 244
    SHARES
  • २०८० भाद्र ४ गते सोमबार

    वैठक छोडेर कोशीकी उपसभामुख काठमाडौंमा, विश्वासको मत लिने प्रक्रिया अन्यौलमा

    काठमाडौं । बिरामी भएको भन्दै उपसभामुख काठमाडौं आएपछि कोशी प्रदेश सभाको वैठक अनिश्चित बनेको छ । सभामुखले पहिले नै राजीनामा दिइसकेको र उपसभामुख सिर्जना दनुवार पनि उपस्थित नहुने भएपछि मुख्यमन्त्री उद्धव थापाको विश्वासको मत लिने प्रक्रियामा सभामुखको भूमिका निर्वाह गर्ने मानिस नभएर अन्यौल भएको हो । 

    माओवादीबाट सभामुख बनेका बाबुराम गौतमलाई राजीनामा दिन लगाएर बहुमत पुर्याइ थापाले मुुख्यमन्त्रीका लागि दावीपेश गरेका थिए । उनको राजीनामापछि उपसभामुख दनुवारले सभामुखको दायित्व सम्हाल्दै आएकी छिन् । उनी अनुपस्थित भएपछि सभाका ज्येष्ठ सदस्यले सभामुखको भूमिका निर्वाह गर्नुपर्ने प्रावधान रहेको छ । 

    तर ज्येष्ठ सदस्यमध्ये पनि एमाले र राप्रपाका सम्भावित सबै सांसदहरु बिदामा बसिसकेका छन् । यसले गर्दा सत्तारुढ दलका सांसदले नै अध्यक्षता गर्नुपर्ने अवस्था देखिन्छ । अहिले ९३ सदस्यीय प्रतिनिधिसभामा सत्तारुढ दलका ४७ जना सांसद छन् । त्यसमध्ये एक जनाले सभामूखको भूमिका निभाउँदा ४६ जनाले मात्र मतदानमा भाग लिन पाउँछन् । 

    तत्काल कायम रहेको बहुमत पुग्न ४७ मतको आवश्यकता हुन्छ । सत्तापक्ष मध्ये एकले सभामुखको भूमिका निभाउँदा बहुमत पुर्याउन १ मत कम हुने भएकाले विश्वासको मत लिने कार्यक्रम सार्न सत्तापक्ष लागिरहेको छ ।  

     


    images
    images

    Logo