काठमाडौं । मुस्ताङको कागबेनी खोलामा आएको बाढीले बगाएको १ करोड ६५ लाख रुपैयाँ भेटिएको छ । श्रावण २८ गते आइतबार राती कागखोलामा आएको बाढीमा बगेको बैंकको पैसा भेटिएको हो ।
कागबेनीमा सञ्चालनमा रहेको प्रभु बैंक शाखाको ६५ लाख नगद मौज्दात शुक्रबार भेटिएको थियो । आइतबार दिउँसो २ बजे कागबेनी शाखा रहेको अर्को नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नगद मौज्दात रहेको १ करोड ५ लाख भेटिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।