images
images

प्रधानमन्त्रीले बोलाएको बैठक पनि निष्कर्षविहीन, प्रतिनिधिसभा सूचना टाँसेर स्थगित


  • 235
    SHARES
  • २०८० भाद्र ३ गते आइतबार

    प्रधानमन्त्रीले बोलाएको बैठक पनि निष्कर्षविहीन, प्रतिनिधिसभा सूचना टाँसेर स्थगित

    काठमाडौं । संसद खुलाउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको वैठक पनि निष्कर्षविहीन भएको छ । साउन १० देखि अवरोध भएको संसद खुलाउन प्रधानमन्त्रीस्तरबाट पहिलोपटक बोलाइएको वैठकमा दलहरुबीच सहमति हुन नसकेको हो । 

    आजको वैठकमा एमाले अध्यक्ष केपी ओली उपस्थित थिएनन् । उपाध्यक्ष सुवास चन्द्र नेम्वाङ र दोस्रो तहका नेताहरु सहभागी वैठकमा एमालेले संसदीय समिति गठनको अडान दोहोर्याएको छ । सत्तारुढ दलहरु भने संसदीय समिति बन्दा अनुसन्धान झनै प्रभावित हुने दावी गरिरहेका छन् । 

    सभामुख र प्रधानमन्त्री दुवैले छुट्टाछुट्टै बोलाएको वैठक निष्कर्षमा पुग्न नसकेपछि आज बस्ने भनिएको संसद मंगलबारसम्मका लागि सूचना टाँसेर स्थगित भएको छ । 


    images
    images

    Logo