images
images

सुदूरपश्चिमका निमित्त वन निर्देशकको अर्को विवादित कृत्य, मदिरा पिएर पूर्वमन्त्रीलाई तथानाम


  • 276
    SHARES
  • २०८० भाद्र ३ गते आइतबार

    सुदूरपश्चिमका निमित्त वन निर्देशकको अर्को विवादित कृत्य, मदिरा पिएर पूर्वमन्त्रीलाई तथानाम

    काठमाडौं ।  सुदूरपश्चिम प्रदेशका निमित्त वन निर्देशक कृष्णदत्त भट्टले पूर्व मन्त्री दीर्घ सोडारीलाइ समेत गाली गरेको भिडियो सार्वजनिक भएको छ । मातहतका कार्यालयहरूबाट रकम असुली गर्दै आएको भिडियो र वनमन्त्री रमेश धामीलाई आमाचकारी गाली गरेको अडियो सार्वजनिक भएपछि विवादमा मुछिएका सुदूरपश्चिम प्रदेशका निमित्त वन निर्देशक कृष्णदत्त भट्टले पूर्व मन्त्री दीर्घ सोडारीलाइ समेत गाली गरेका छन् ।  

    प्राप्त भिडियोमा निमित्त वन निर्देशक कृष्णदत्त भट्ट कार्यालयको सरकारी निवासमा मदिरा पिउँदै छन् । वियरले  लठ्ठ परेका भट्टले निवर्तमान मन्त्री दीर्घ सोडारीलाई ‘कैलालीको सुख्खड र साढेपानीमा बनपालेहरुसँग बसेर दिनदिनै दारु खाने र पैसा उठाउने गरेको आरोप लगाएका हुन् । 

    उनै विवादित भट्टलाई सुदुरपश्चिम प्रदेश सरकारले सुदूरपश्चिम प्रदेशको निमित्त वन निर्देशकको जिम्मेवारी दिएको भन्दै कर्मचारी वृत्तबाटै चर्को असन्तुष्टि व्यक्त भइरहेको छ । जिम्मेवार निकायको कर्मचारी विवादमा आइसकेपछि निलम्बनमा राखेर छानबिन गर्नुपर्नेमा त्यसो नगरेर सरकारले नै कर्मचारीको मनोबल गिराउने काम गरेको उनीहरुको तर्क छ । 

    भिडियो सार्वजनिक भएपछि सुदूरपश्चिम सरकारका वनमन्त्री रमेश धामीले छानबिन गर्ने बताएका छन् । हाल दार्चुलामा रहेको भन्दै धामीले धनगढी पुगेपछि यसबारे सोधपुछ गर्ने बताए ।


    images
    images

    Logo