काठमाडौं । सिंहदरवारमा राष्ट्रिय दलहरुको वैठक सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा राष्ट्रिय मान्यताप्राप्त दलका शीर्ष नेतासँग छलफल थालेका हुन् ।
उनले लामो समयदेखि जारी संसद अवरोध खलाउनेबारे पाँच दलका शीर्ष नेतासँग सिंहदरबारमा छलफल गरिरहेका छन् ।
छलफलमा प्रधानमन्त्रीसहित, गृह मन्त्री नारायणकाजी श्रेष्ठ, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले उपाध्यक्ष सुवास नेम्वाङ, रास्वपा सभापति रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, एमालेका प्रमुख सचेतक पदम गिरी, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे सहभागी छन् ।
अवैध ६० केजी सुन प्रकरणमा एमालेले उच्चस्तरीय छानविन समिति गठन गर्न माग गर्दै १० साउनदेखि संसदको दुबै सदन अवरुद्ध गर्दै आइरहेको छ ।