images
images

६ अर्ब २३ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्दै नेपाल राष्ट्र बैंक


  • 253
    SHARES
  • २०८० भाद्र ३ गते आइतबार

    ६ अर्ब २३ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्दै नेपाल राष्ट्र बैंक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले करिब सवा ६ अर्ब बराबरको ट्रेजरी बिल सोमबार बोलकबोल गर्दै छ । ९१ दिन र ३६४ दिन अवधिका ६ अर्ब २३ करोड ३२ लाख बराबरका बिलहरु बोलकबोल गर्न लागिएको हो । त्यसमध्ये ९१ दिन अवधिको ४ अर्ब २३ करोड ३२ लाख र ३६४ दिन अवधिको २ अर्ब रुपैयाँ बराबर रहेका छन् । 

    बिक्री गर्न लागिएको बिलहरु नवीकरण प्रयोजनका लागि जारी गरिएको हो । यसअघि राष्ट्र बैंकले साउन २९ गते २४ अर्ब बराबरको ट्रेजरी बिल बोलकबोल गरेको थियो । उक्त बोलकबोलमा ९१ दिनको ६.४४४२ र १८२ दिनको ६.४८७६ प्रतिशत भारित औसत छुट दर कबोल गरिएको थियो । 


    images
    images

    Logo