काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य घटेको छ । आइतबार छापावाला सुनको मूल्य १ लाख १० हजार ३ सय रुपैयाँ कायम भएको छ ।
शुक्रबार प्रतितोला १ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज प्रतितोला १ सय रुपैयाँले घटेर १ लाख १० हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ९ हजार ७ सय ५० रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला १ हजार ३ सय ९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।