images
images

मापदण्डविपरित एआईजीको सरुवा, अनुसन्धान प्रभावित पार्ने षडयन्त्र


  • 509
    SHARES
  • २०८० भाद्र २ गते शनिबार

    मापदण्डविपरित एआईजीको सरुवा, अनुसन्धान प्रभावित पार्ने षडयन्त्र

    काठमाडौं । नेपाल प्रहरीका चार अतिरिक्त महानिरिक्षक (एआईजी) हरुको मापदण्डविपरीत सरुवा भएको छ । पदस्थापन गरेको कम्तीमा एक वर्षसम्म सरुवा गर्न नमिल्ने प्रहरी नियमावलीको नियमलाई नजरअन्दाज गरि बढुवा भएको चार महिनामै सरुवा गरिएको हो । 

    केही दिन अघि बसेको मन्त्रिपरिषद् को वैठकले विभिन्न कार्यालयमा कार्यरत एआईजीहरुको सरुवा गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार गृह मन्त्रालयले एआईजी टेकप्रसाद राई, मीरा चौधरी, श्यामलाल ज्ञवाली र दीपक थापालाई सरुवा गरेको हो । 

    अहिले नेपाल प्रहरीले सुन काण्ड, नक्कली भुटानी शरणार्थी काण्ड, बालुवाटार जग्गा प्रकरण लगायतको छानविन गर्दैछ । अनुसन्धान प्रकृयामा रहेका र अभियोजन भइसकेका मुद्दामा समेत अनुसन्धान अधिकारी फेरिँदा त्यसको प्रत्यक्ष असर पर्छ ।

    यस्तो अवस्थामा सरकारले प्रहरी उच्च अधिकारीहरुको सरुवा गरेको हो ।


    images
    images

    Logo