images
images

फेसबुक स्टाटस लेखेर वडाध्यक्षले गरे आत्महत्या


  • 765
    SHARES
  • २०८० भाद्र २ गते शनिबार

    फेसबुक स्टाटस लेखेर वडाध्यक्षले गरे आत्महत्या

    काठमाडौं । गुल्मीको मुसिकोट नगरपालिका वडा नं १ का वडाध्यक्ष मोहन घिमिरे मृत अवस्थामा भेटिएका छन् । शुक्रबार घरबाट निस्किएर रातभर घर नफर्किएका घिमिरे घर नजिकैको रुखमा झुन्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

    उनले आत्महत्या गरेको प्रहरीको आशंका छ । उनले आत्महत्या गर्नु अघि फेसबुकमा स्टाटस पनि लेखेका थिए । उनले लेखेका थिए, ‘परिस्थितिको चपेटामा परे पछि बाच्नुको अर्थ हुँदो रहेनछ । प्रिय अनिताः साथ निभाउन सकेन । मलाई माफ गरे। घर परिवार, साथीभाइ शुभ चिन्तक सबैसँग माफी चाहन्छु । अलबिदा ।’

    घिमिरे नेपाली कांग्रेस मुसिकोट नगरपालिका नगर कमिटीका अध्यक्ष समेत हुन् । उनको मृत्यूको कारणबारे गहिरो अनुसन्धान हुने प्रहरीको भनाई छ ।

     

    ....jpg

     


    images
    images

    Logo