काठमाडौं । पद्मश्री साहित्यिक पुरस्कार २०७९ का लागि उत्कृष्ट पाँच पुस्तकको सूची सार्वजनिक भएको छ । खेमकला-हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले फेसबुकमार्फत् उक्त सूची सार्वजनिक गरेका हुन् ।
उत्कृष्ट पाँचमा सुबिन भट्टराईको इजोरिया, विवेक ओझाको ऐँठन, डा. देवीप्रसाद सुवेदीको मनु, प्रदिप रोदनको मफलर र डा. नवराज केसीको शून्यको मूल्य परेका छन् ।
पुरस्कारका लागि पहिलो चरणमा १८० किताब दर्ता भएका थिए । ती मध्ये असार १५ गते १५ उत्कृष्ट पुस्तकको विस्तारित सूची सार्वजनिक गरिएको थियो । त्यसै मध्येबाट उत्कृष्ट ५ पुस्तक छानिएको छ । ५ मध्ये कुनै एकले पद्मश्री साहित्यिक पुरस्कार २०७९ पाउनेछ ।
यो पुरस्कार वि.सं. २०६३ देखि खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले प्रदान गर्दै आको छ ।



