images
images

घट्यो डलरको मुल्य, कति छ आजको विनिमयदर ?


  • 392
    SHARES
  • २०८० भाद्र २ गते शनिबार

    घट्यो डलरको मुल्य, कति छ आजको विनिमयदर ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य घटेको छ ।

    शनिबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३२ रुपैयाँ ६७ पैसा र बिक्रीदर १ सय ३३ रुपैयाँ २७ पैसा कायम रहेको छ । शुक्रवार अधिकतम १ सय ३२ रुपैयाँ ७४ पैसा र बिक्रीदर १ सय ३३ रुपैयाँ ३४ पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४४ रुपैयाँ २५ पैसा र बिक्रीदर १ सय ४४ रुपैयाँ ९० पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६८ रुपैयाँ ९४ र बिक्री दर १ सय ६९ रुपैयाँ ७१ पैसा रहेको छ।


    images
    images

    Logo