काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को लागि नेपाल राष्ट्र बैंकले ६८ बुँदे निर्देशन जारी गरेको छ । राष्ट्र बैंकले शुक्रबार उक्त निर्देशन जारी गरेको हो ।
राष्ट्र बैंकका अनुसार अब ग्राहाकले निफ्रा बैंकमा कुनै पनि निक्षेप खाता खोल्दा कर्जा सूचना केन्द्रको विवरण अनुसार कालोसूचीमा नरहेको यकिन गरेर मात्रै खाता खोल्न सक्नेछ । यस वापत संस्थाले ग्राहकसँग कुनै शुल्क लिन पाउने पनि उक्त निर्देशनमा उल्लेख छ ।
त्यस्तै, ५० करोड वा सो भन्दा बढीको कर्जा उपयोग गर्ने ऋणीलाई कर्जा प्रवाह वा नवीकरण गर्दा ऋणी संस्थाको क्रेडिट रेटिङ्ग एजेन्सीबाट गरिएको रेटिङ्गलाई कर्जा मूल्याङ्कनको आधारको रुपमा लिनुपर्ने पनि राष्ट्र बैंकले जनाएको छ ।
बैंकले आवश्यक नीति तर्जुमा गरी प्राथमिक पुँजीको १० प्रतिशतको सीमाभित्र रही जग्गा, भवन वा दुवै खरिद वा भवन निर्माण गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।



