images
images

दोब्बर भन्दा धेरैले बढ्यो कर्तव्य ज्यान मुद्दा, काठमाडौंमा एकै महिनामा ३६ वटा आत्महत्या


  • 256
    SHARES
  • २०८० भाद्र १ गते शुक्रबार

    दोब्बर भन्दा धेरैले बढ्यो कर्तव्य ज्यान मुद्दा, काठमाडौंमा एकै महिनामा ३६ वटा आत्महत्या

    काठमाडौं । काठमाडौं जिल्लामा आर्थिक वर्ष २०८०/८१ को साउन महिनामा कर्तव्य ज्यान मुद्दा अघिल्लो आर्थिक वर्षको साउनको तुलनामा दोब्बर भन्दा धेरैले बढेको छ । आर्थिक वर्ष २०७९/८० को साउनमा ४६ कर्तव्य ज्यान मुद्दा दर्ता भएकोमा यस वर्ष सोही महिनामा उक्त संख्या बढेर १ सय ९ पुगेको छ । जुन २.३७ गुणाले बढी हो । 

    यसै साउनमा बैंकिङ कसुरका ५ सय ६० वटा मुद्दा दर्ता भएका छन् । उक्त संख्या अघिल्लो आर्थिक वर्षको साउनमा ५ सय १६ रहेको थियो । त्यस्तै, अघिल्लो साउनमा २३८ वटा अभद्र व्यवहारको मुद्दा दर्ता भएकोमा यस साउनमा उक्त संख्या बढेर २७९ पुगेको छ । 

    चोरी सम्बन्धी मुद्दाहरु पनि हालै अन्त्य भएको आर्थिक वर्षको तुलनामा यस साउनमा बढेको छ । अघिल्लो आर्थिक वर्षको साउनमा ४९ वटा चोरी सम्बन्धी मुद्दाहरु दर्ता भएकोमा यस वर्षको सोही महिनामा सो संख्या बढेर ५५ पुगेको छ । त्यस्तै, ठगी सम्बन्धी मुद्दाहरु २६ बाट बढेर ३५ पुगेको छ । लागु औषधसम्बन्धी मुद्दाहरु पनि ३० बाट बढेर ३१ पुगेको छ । 

    जबर्जस्ती करणीको मुद्दाहरु ६५ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको साउनमा २० को संख्यामा रहेको उक्त अपराध यस साउनमा बढेर ३३ पुगेको छ । त्यस्तै, जुवाका मुद्दाहरुपनि बढेर १५ बाट १७ को संख्यामा पुगेको छ । 

    आत्महत्या गर्नेको स्रंख्या ११ ले बढेको छ । आर्थिक वर्ष २०८९/८० को साउनमा आत्महत्या सम्बन्धी  २६ वटा मुद्दाहरु दर्ता भएका थिए । जुन ८०/८१ को साउनमा ३७ पुगेको छ । 

    आर्थिक वर्ष ८०/८१ को साउन महिनामा कुल १ हजार २ सय ७५ अपराधका मुद्दा दर्ता भएका छन् । उक्त संख्या अघिल्लो साउनमा १ हजार ४७ रहेको थियो । 


    images
    images

    Logo