images
images

कोशीका मुख्यमन्त्री थापाले सोमबार विश्वासको मत लिने


  • 241
    SHARES
  • २०८० भाद्र १ गते शुक्रबार

    कोशीका मुख्यमन्त्री थापाले सोमबार विश्वासको मत लिने

    काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सोमबार विश्वासको मत लिने भएका छन् ।  उपसभामुख सिर्जना दनुवारले उक्त कार्यक्रम भदौ ४ गतेका लागि कार्यसूचीमा राख्न तोक लगाएकी हुन् ।  

    थापाले भदौ ३ गते आइतबार विश्वासको मत लिनका लागि शुक्रबार नै प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गरेका थिए । तर उपसभामुख सिर्जना दनुवारले भने भदौ ४ गतेका लागि कार्यसूचीमा राख्न तोक लगाएकाले सोही दिनमा विश्वासको मत लिने तय गरिएको हो । कोशी प्रदेशमा सभामुखले राजीनामा दिइसकेको र उपसभामुखले सभामुखको जिम्मेवारी लिएकी छिन् । 

    नेपालको संविधान २०७२ धारा १६८ को उपधारा ४ बमोजिम नियुक्त मुख्यमन्त्रीले नियुक्त भएको तीस दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था गरेको छ । सोही अनुसार मुख्यमन्त्री थापाले सोमबार विश्वासको मत लिन लागेका हुन् । 


    images
    images

    Logo