images
images

सशस्त्र प्रहरीका १२ एसपीलाई एसएसपीमा बढुवाको लागि सिफारिस 


  • 278
    SHARES
  • २०८० भाद्र १ गते शुक्रबार

    सशस्त्र प्रहरीका १२ एसपीलाई एसएसपीमा बढुवाको लागि सिफारिस 

    काठमाडौं । सशस्त्र प्रहरी वल, नेपालका १२ जना प्रहरी उपरीक्षक (एसपी) प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाको लागि सिफारिस भएका छन् । गृह मन्त्रालयको विहीबार बसेको बढुवा समितिको बैठकले १२ जना एसपीलाई एसएसपीमा बढुवाको लागि सिफारिस गरेको हो । 

    बढुवा सिफारिस हुनेहरुमा एसपी राजेश उप्रेती, गंगाराम श्रेष्ठ, रविराज कर्णजीत, भरत खनियाँ, नेत्रबहादुर कार्की, रमेशकुमार पाण्डे, विकास घिमिरे, तीर्थराज पौडेल, जहर सिंह बुढा मगर, नरेन्द्र बम, सूर्यबहादुर सेन ओली र तेजप्रसाद पोखरेल छन् ।

    सशस्त्र प्रहरी नियमावली २०७२ नियम ३९ को उपनियम १ को (ख) बमोजिम उनीहरुलाई बढुवाको लागी सिफारिस गरेको हो । 

    बढुवा सिफारिस उपर चित्त नबुझ्ने सशस्त्र प्रहरी नायब निरीक्षकहरुले ऐ। नियमावलीको नियम ५५ मा व्यवस्था भए वमोजिम ७ दिनभित्र बढुवा उपरको उजुरी सुन्ने समिति समक्ष उजुरी दिन सकिने सुचनामा उल्लेख छ ।

    ssp badhuwa.jpg

     

     

     


    images
    images

    Logo