काठमाडौं । आज बेलुका अथात् शुक्रबार बेलुका ५ बजेदेखि प्रभु बैंकको एटीएम, मोबाइल तथा इन्टरनेट बैंकिङ सेवा नचल्ने भएको छ । एक सूचना जारी गर्दै बैंकले कोर बैंकिङ सिस्टमको भर्सन अपग्रेड गर्नुपर्ने भएकाले यी सेवा अवरुद्ध हुने जानकारी दिएको हो ।
‘यस बैंकले प्रयोग गरिरहेको कोर बैंकिङ सिस्टमको भर्सन अपग्रेड गर्ने प्रयोजनका लागि यही मिति २०८०/०५/०१ शुक्रबार साँझ ५ बजेदेखि शनिबार राति १० बजेसम्म एटीएम लगायत मोबाइल तथा इन्टरनेट बैंकिङ सेवाहरू अस्याथी रूपमा बन्द गर्नुपर्ने हुँदा उक्त अवधिमा एटीएम, मोबाइल तथा इन्टरनेट बैंकिङ सेवाहरू अवरुद्ध हुने व्यहोरा जानकारी गराइन्छ । बैंकले सूचनामा भनेको छ । यसबाट ग्राहकलाई पर्ने असुविधाप्रति बैंकले क्षमा मागेको छ ।’
