images
images

फोहर फ्याँक्नेमाथि सार्वजनिक मुद्दा चलाइने


  • 191
    SHARES
  • २०८० भाद्र १ गते शुक्रबार

    फोहर फ्याँक्नेमाथि सार्वजनिक मुद्दा चलाइने

    वीरगन्ज । सडकमा जथाभावी फोहर फ्याँक्नेलाई आजदेखि वीरगन्ज महानगरपालिकाले सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दा चलाउने भएको छ । महानगर क्षेत्रलाई सुन्दर, सफा, स्वच्छ र पर्यावरणयुक्त नमूना महानगर बनाउने उद्देश्यका साथ नियमित सरसफाइसँगै जथाभावी फोहर फ्याँक्नेलाई जरिवाना गर्दै आएको वीरगन्ज महानगरले आजदेखि सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दासमेत चलाउने भएको हो ।

    महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेलका अनुसार, सडक तथा गल्लीमा जथाभावी फोहर फाल्नेलाई जरिवाना तिराउँदै आएको महानगरपालिकाले अव जरिवानासँगै सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दा चलाउने तयारी गरेको हो ।

    जथाभावी फोहर फ्याँक्नेलाई २०७९ पुस १७ गतेदेखि जरिवानामा कडाई गर्दै आएको महानगरले  अझै फोहर फाल्ने क्रम नरोकिएपछि सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दासमेत चलाउने तयारी गरेको पौडेलको भनाई छ । 

    महानगरका अनुसार जथाभावी फोहर फ्याँक्ने पाँच सय ७५ व्यक्ति र संस्थाबाट महानगरले पछिल्लो समय १७ लाख ५४ हजार जरिवाना असुलेको छ । घर, पसल र कार्यालयबाट निस्किने फोहर जथाभावी फ्याँक्ने प्रवृत्तिको अन्त्यका लागि यस्तो व्यवस्था गरिएको प्रमुख पौडेलको भनाई छ । 

    सफा, स्वच्छ र सुन्दर महानगर बनाउने उद्देश्यका साथ निजी संस्थासँग सहकार्य गरी सबै वडामा दैनिक बिहान, दिउँसो र सााझ गरी तीन पटक सरसफाइ गर्दै आएको छ । महानगरपालिको वडा नं १ देखि ३२ वटै वडामा वीरगन्जस्थित पृथीतारा एमके इन्टरनेसनल जेभीसँग गत २०७६  जेठ २ सम्झौला गरी नियमित सरसफाइ गर्दै आएको छ ।


    images
    images

    Logo