काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको वैठक वहिष्कार गरेको छ । समितिको सभापति नचुनिएको भन्दै एमालेले श्रावण ३२ गतेको लागि बोलाइएको वैठक वहिष्कार गरेको हो ।
लेखा समिति प्रतिपक्षी दलको नेतृत्वमा हुने प्रचलन रही आएको छ । एमालेले भने उक्त तर्क नभइ समग्र समितिहरुको सभापति नै चयन हुनपर्ने मागसहित वैठक वहिष्कार गरेको हो ।
एमालेका सचिव तथा लेखा समिति सदस्य योगेश भट्टराइले यसअघिको वैठकमा नै सभापति चयन नभएसम्म वैठकमा नआउने जानकारी गराएका थिए । त्यसै अनुसार एमालेले आजको वैठक वहिष्कार गरेको हो ।