काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य घटेको छ । विहीबार छापावाला सुनको मूल्य १ लाख १० हजार ४ सय रुपैयाँ कायम भएको छ ।
बुधबार प्रतितोला १ लाख ११ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले घटेर १ लाख १० हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार पनि सुनको मुल्य १ सय रुपैयाँले घटेको थियो ।
त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ९ हजार ८ सय ५० रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला १ हजार ३ सय ७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।