images
images

विवादित छविका कृष्ण भट्टलाई वन निर्देशकमा दोहोर्‍याउने सुदुरपश्चिम सरकारको तयारी 


  • 309
    SHARES
  • २०८० श्रावण ३२ गते बिहीबार

    विवादित छविका कृष्ण भट्टलाई वन निर्देशकमा दोहोर्‍याउने सुदुरपश्चिम सरकारको तयारी 

    धनगढी । सुदुरपश्चिम प्रदेश सरकारले विवादित छविका व्यक्तिलाई वन निर्देशकमा पुनः दोहोर्‍याउने तयारी गरेको छ । सुदुरपश्चिम प्रदेश वन निर्देशनालयको निमित्त निर्देशकमा विवादित छविका कृष्णदत्त भट्टलाई नियुक्त गर्ने तयारी गरिएको हो । 

    उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश धामीले विवादित भट्टलाई नदोहोर्‍याउने अडान लिए पनि मुख्यमन्त्री कमल वहादुर शाहले उनी भन्दा डेढ वर्ष सिनियर हेमराज बिस्टलाई छाडेर पार्टीका केही नेताको दबाबमा उनलाइनै दोहोर्‍याउन खोजेको स्रोतले बताएको छ । बन राज्यमन्त्री गीतादेवी माल र मन्त्रालयका सचिव वेद कुमार ढकालले  समेत भट्टलाई दोहोर्‍याउन  उचित नहुने बताउँदै आएका छन् । 

     निमित्त निर्देशक भट्टले आफूलाई फेरी नियुक्त गर्न रोक्न खाजेको आरोप लगाउँदै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश धामीलाई अश्लील शब्द प्रयोग गरेर गाली गलौच गरेको अडियो सामाजिक सञ्जालमा यतिखेर भाइरल बनेको छ । वन मातहतकै कर्मचारीलाई फोन गरेर उनले मन्त्रिलाई सुन्नै नसकिने शब्दमा आमाचकारी गालीगलोच गरेका छन् । उक्त अडियो सुनेपछि वन मन्त्री धामी झनै असन्तुष्ट बनेका छन् । 

    वन निर्देशकमा भट्ट लाइ नियुक्त गरे वन मन्त्रालय झनै विवादित हुने र काम गर्न पनि अप्ठ्यारो पर्ने भन्दै वन मन्त्री धामीले मुख्यमन्त्री समक्ष असन्तुष्टि व्यक्ति गरी सकेका छन । बन मन्त्री धामीले भौतिक पूर्वाधार मन्त्री प्रकाश देउवालाई समेत यस बारे अवगत गराएका छन् ।  पछिल्लो एक वर्ष प्रदेशको निमित्त वन निर्देशक हुँदा पनि उनले सबै जिल्ला वाट पैसा उठाउने गरेको भिडियो सार्वजनिक भएको छ । उनले हरेक जिल्लाका वन अधिकृत वाट पैसा उठाएको र कुन जिल्लाले कतिपैशा दियो भनेर भिडियोमा आफै बताएका छन् । पछिल्लो एक वर्ष उनको ध्यान वन जोगाउने भन्दा पनि पैसा उठाउनमै केन्द्रित थियो । 

    त्यसै कारण प्रदेश भरिनै वन अतिक्रमण र फडानी बढेको एक जना वन अधिकृतले बताए ।  उनले विभिन्न मन्त्रालय वाट गरिब कृषकका लागी आएको करिब ५० लाख अनुदान  लिएर डडेलधुराको  भद्रपुरमा आफन्तका नाममा बाख्रा फर्म खालेका छन ।  वन निर्देशनालयको सरकारी गाडी समेत प्रयोग गरेर उनले नियमित आफ्नो फारममा आउजाउ गर्ने र कहिले हप्तौँ सम्म बस्ने उतै  बस्ने गरेको उनी मातहतका एक वन कर्मचारीले बताए ।  यति मात्रै होइन यस अघि उनी पहलमानपुरको प्रमुख भएर बस्दा वैज्ञानिक वन व्यवस्थापनको नाममा ठुलो मात्रामा रुख कटान गराएको भन्दै विवादमा तानिएका थिए ।  

    पहलमानपुर कार्यरत रहँदा वैज्ञानिक वनमा भएको अनियमितता बारे उनका नाममा अहिले पनि अख्तियारमा दायर मुद्दा विचाराधीन छ । तर शक्ति केन्द्र धाउनमा माहिर भट्टलाई छोडेर तत्कालीन वन मन्त्री प्रेम आलेले त्यस बखतका निमित्त निर्देशक हेमराज बिस्टलाई मुद्दा दायर गर्न लगाएका थिए । तर निमित्त निर्देशक विष्ट निर्दोष रहेको भन्दै अदालतले सफाइ दिएको थियो ।  हाल सम्म कुनै विवादमा नतानिएका मुख्यमन्त्री कमल वहादुर शाहले यती विवादित छविका कृष्ण दत्त भट्टलाई फेरी नियुक्त गर्न किन मरिहत्ते गर्दै छन भनेर वन कर्मचारी वृत्तमा व्यापक चर्चा चल्न थालेको छ ।  

    यस्तै जिल्ला वन अधिकृतको सरुवामा पनि ब्यपक चलखेल हुन थालेको खबर बाहिर आएको छ । खास गरी सबैभन्दा वढी कमाइ हुने जिल्ला मानिने  कैलालीको धनगढी र पहलमानपुर तथा डडेल्धुरामा आफू निकटका मान्छे सरुवा गर्न मरिहत्ते गरेर लागेका छन् । स्रोतका अनुसार यहाँ बसेर डोटी गएका राम चन्द्र कँडेल फेरी धनगढी आउने पक्कापक्की भएको छ भने  डडेल्धुरामा रहेका राम विचारी ठाकुर पहलमानपुर आउन लागेका छन् ।   उनको ठाउँमा कञ्चनपुरका शम्भु तिवारी लाइ पठाउने तयारी छ । कञ्चनपुरमा जनक उपाध्याय जान लागेको बुझिएको छ । आज नै सबैको सरुवा हुने बताइएको छ ।

     

    https://www.facebook.com/reel/2625150277637556


    images
    images

    Logo