images
images

आठ सवारी साधन एकै ठाउँमा ठोक्किँदा २० जनाघाइते, ७ गम्भीर


  • 334
    SHARES
  • २०८० श्रावण ३१ गते बुधबार

    आठ सवारी साधन एकै ठाउँमा ठोक्किँदा २० जनाघाइते, ७ गम्भीर

    चितवन । भरतपुर महानगरपालिका–९ स्थित टिकोली जङ्गलमा विभिन्न आठ  सवारीसाधन एकै ठाउँमा दुर्घटना हुँदा बीसजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको ना १ क ६१३१ नं को अक्सफोड कलेज गैँडाकोटको बसले विपरीत दिशाबाट आउँदै गरेको ना २ च ८४४६ नं को शव बोकी देवघाटतर्फ जाँदै गरेको बोलेरोलाई ठक्कर दिएको हो ।

    सोही दुर्घटनामा बा प्र ०६–००१ प ९९८१,  बा प्र ०३–००५  प ९७, ना ६२ प ६०३२, बा प्र ०३–००१  प ४१४७  मोटरसाइकल र बा प्र ०६–००१  प २२९४ र बा.प्र.०३–००२ प ४१९८ नं को स्कुटरसहित सम्पूर्ण सवारीसाधन एक आपसमा ठोक्किएको थियो  ।
     
    ठक्करबाट २० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो । घाइतेमध्ये १२ जनाको भरतपुर अस्पतालमा, सात जनाको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज)मा र एक जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

    घाइतेमध्ये भरतपुर अस्पतालमा उपचाररत सात जनाको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था सामान्य रहेको उनले जानकारी दिए । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने सवारीसाधन घटनास्थलमानै छन् ।


    images
    images

    Logo