काठमाडौं । पट्रोलियम पदार्थको मुल्य बढेसँगै सार्वजनिक याताको पनि भाडा बढेको छ । यातायात व्यवस्था विभागले आइतबार बुधबार सुचना जारी गर्दै यात्रुवाहन सवारी, मालवाहन सवारी यातायातको भाडा बढाएको हो ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिसँगै विभागले अन्तर प्रदेश सार्वजनिक यातायातमा यात्रुबाहक र मालवाहक सवारीको नयाँ भाडादर तोकेको हो ।
तोकिएको भाडादर अनुसार अब यात्रुबाहक सवारी साधनको भाडा ४.७० प्रतिशतले वृद्धि भएको छ । पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ६.१५ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको मूल्य ६.८३ प्रतिशतले बढेको हो ।
निगमले १ साउनयता पटक पटक गरी डिजेटमा २१ रुपैयाँ प्रतिलिटर मूल्य बढाएपछि स्वचालित प्रणाली अनुसार भाडा बढाउने निर्णय भएको विभागले जनाएको छ । मंगलबार राति १२ बजेदेखि लागु हुनेगरि निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर १४ रुपैयाँ बढाएको छ । बढेको भाडादर आजैबाट लागु भएको हो ।
काठमाडौं–काकटभिट्टाको नयाँ भाडादर १ हजार ७ सय २५ कायम भएको छ। यसअघि त्यसरूटको सवारी भाडा १ हजार ६ सय ४८ थियो। त्यस्तै, काठमाडौं–कैलालीको अत्तरिया–डडेलधुरा हुँदै वैतडीसम्मको नयाँ भाडा २ हजार ६ सय २८ कायम भएको छ। यसअघि त्यस रुटको भाडादर २ हजार ५ सय १० थियो।
काठमाडौंदेखि अत्तरिया हुँदै बझाङको चैनपुरसम्मको भाडा ३ हजार १५ रूपैयाँ तोकिएको छ। यसअघि त्यस रूटमा २ हजार ८ सय ८० भाडादर थियो। काठमाडौंदेखि गोरखासम्मको नयाँ भाडा ४ सय ५२ तोकिएको छ। यस भन्दा अघि ४३ सय २ रूपैँया थियो।
कुन रुटको कति ?



