images
images

काठमाडौँ– तराई द्रुतमार्गको डिपिआर संशोधन


  • 331
    SHARES
  • २०८० श्रावण ३१ गते बुधबार

    काठमाडौँ– तराई द्रुतमार्गको डिपिआर संशोधन

    काठमाडौँ । काठमाडौँ तराई–मधेश द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) संशोधन गरिएको छ । लागत समय र लागत मूल्य घट्ने गरी द्रुतमार्गको प्रतिवेदन संशोधन गरिएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिए ।

    मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले काठमाडौँ–तराई –मधेश द्रुतमार्गको डिपीआर संशोधनको निर्णय गरेको हो । झण्डै २ अर्ब २ करोड रुपैयाँ लाग्ने र निर्माणको समय पनि घट्नेगरी द्रुतमार्गको डिपीआर संशोधन भएको मन्त्री ज्वालाले बताए । उनले भने, “सुरुङ मार्ग थपिँदा सडकको लम्वाइ र मूल्य दुबै घट्यो ।”

    काठमाडौँ–मधेश ‘लाइफ लाइन’ का रुपमा रहेको द्रुतमार्ग नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको छ । २०७४ साल वैशाख २१ देखि निर्माण सुरु गरिएको काठमाडौँ–तराई–मधेश द्रुतमार्ग हालसम्म २५ दशमलव ५४ प्रतिशत मात्र प्रगति भएको र २०८३ साल चैत मसान्तसम्म सक्ने लक्ष्य लिइएको छ । 

    दु्रतमार्गको प्रगति कमजोर देखिएपछि मन्त्री ज्वालाले नेपाली सेनासँग असन्तुष्टी जनाए । द्रुतमार्गको काम द्रुतगतिमा हुनुपर्ने भए पनि प्रगति हेर्दा आशावादी नभएको नेपाली सेनाका अधिकारीलाई मन्त्री ज्वालाले बताएका थिए । 

    प्रतिवेदन संशोधन भएपछि लागत मूल्य पनि घट्ने भएको छ । २ खर्ब १३ अर्ब ९ करोड ५३ लाख रुपैयाँको लागत रहेकामा संशोधनपछि २ खर्ब ११ अर्ब ९ करोड ३० लाख रुपैयाँ आयोजनाको लागत रहने भएको छ । 


    images
    images

    Logo