images
images

कोशी प्रदेशको उद्योग राज्यमन्त्रीमा गनगाईं नियुक्त


  • 221
    SHARES
  • २०८० श्रावण ३१ गते बुधबार

    कोशी प्रदेशको उद्योग राज्यमन्त्रीमा गनगाईं नियुक्त

    काठमाडौं ।  कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले आज गयानन्द मण्डल गनगाईंलाई प्रदेशको उद्योग, कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त गरेका छन्। 

    प्रमुख खापुङले प्रदेशका मुख्यमन्त्री उद्धव थापाको साउन ३१ गतेको सिफारिसमा नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम गनगाईंलाई राज्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

    मुख्यमन्त्री थापाले आज राज्यमन्त्री गनगाईंलाई प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनियताको शपथ ग्रहण गराए । शपथग्रहण समारोहमा प्रदेशका मन्त्रीहरु, कर्मचारी, न्यायालयका प्रमुख, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति थियो ।


    images
    images

    Logo