काठमाडौं । सप्तरीको विष्णुपुर गाउँपालिकाका सूचना प्रविधि अपरेटर र लेखापाल घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले अपरेटर वीरेन्द्रकुमार यादव र लेखापाल टेकनारायण यादवलाई घुससहित पक्राउ गरेको हो ।
आयोगका टोलीले उनीहरुलाई २ लाख नगद र ३ लाख रुपैयाँ बराबर रकमको चेकसहित राजविराज – ३ बाट पक्राउ गरेका हुन् ।
सोलार बत्ती जडान लगायतको योजना भुक्तानी गरेबापत घुस लिइसकेको अवस्थामा उनीहरू पक्राउ परेका हुन् । आरोपितहरू विरुद्ध थप अनुसन्धान भइरहेको प्रवक्ता दाहालले जानकारी दिए ।