images
images

लोक सेवा आयोगले माग्यो ३६० जना कर्मचारी 


  • 388
    SHARES
  • २०८० श्रावण ३१ गते बुधबार

    लोक सेवा आयोगले माग्यो ३६० जना कर्मचारी 

    काठमाडौं । लोक सेवा आयोगले ३ सय ६० जना हलुका सवारी चालकका लागि आवेदन माग गरेको छ । आज एक सुचना जारी गर्दै सो संख्यामा हलुका सवारी चालक माग गरेको छ । 

    आयोगले योग्यता पुगेका नागरिकहरूले आगामी भदौ १९ गतेसम्म आवेदन दिन सक्ने उल्लेख गरेको छ । दोब्बर दस्तुर तिरेर भने भदौ २६ गतेसम्म आवेदन दिन सकिनेछ ।

    आवश्यक कागजपत्रसहित आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत उम्मेदवारले नागरिकता प्रमाणपत्र, स्थायी नियुक्तिको पत्र, सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स), लोक सेवा आयोगबाट निर्धारित सवारी चालक भई काम गरेको सेवा अनुभव प्रमाणित फाराम भरी आफूले काम गरेको सम्बन्धित निकाय वा कार्यालयका विभागीय प्रमुख वा कार्यालय प्रमुखबाट सवारी चलाइरहेको भन्ने व्यहोरा प्रमाणित गराएको फाराम समेतको कागजातहरु तोकिएको फरम्याटमा विद्युतीय प्रति अपलोड गर्नुपर्नेछ ।

    notice_nulGbodVU2-1366x1536.jpg

     


    images
    images

    Logo