images
images

अवैध रकमसहित दुई चिनियाँ नागरिक पक्राउ


  • 236
    SHARES
  • २०८० श्रावण ३१ गते बुधबार

    अवैध रकमसहित दुई चिनियाँ नागरिक पक्राउ

    काठमाडौं ।  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले अवैध रकमसहित दुईजना चिनियाँ नागरिकलाई मंगलबार पक्राउ गरेको छ ।  

    चिनियाँ नागरिक गाओ हुई र ताङ जिङसँग ३० लाख अवैध रकम फेला परेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए । 

    उनले भने, “अवैध रकम फेला परेपछि दुई जनालाई नियन्त्रणमा लिइएको हो, आज विविध कारणले उनीहरूलाई राजस्व अनुसन्धान विभागमा बुझाउन सकिएन, भोलि बुझाइने छ ।”


    images
    images

    Logo