images
images

बढ्यो पेट्रोल र डिजेलको मूल्य 


  • 527
    SHARES
  • २०८० श्रावण ३० गते मंगलबार

    बढ्यो पेट्रोल र डिजेलको मूल्य 

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्यमा वृद्धि गरेको छ । निगमले भोलि बुधबारदेखि लागू हुने गरि पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको हो । 

    मंगलबार बसेको सञ्चालक समितिको वैठकले डिजेल र मट्टीतेल प्रतिलिटर १४ रुपैयाँ र पेट्रोलको मूल्य ५ रुपैयाँ प्रतिलिटरले बढाएको छ । 

    भोलिबाट पेट्रोल १७५ रुपैयाँ, डिजेल र मट्टीतेल १६४.५ रुपैयाँ प्रतिलिटर पर्न जानेछ । आजै भारतीय आयल कर्पोरेशनबाट पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर क्रमशः प्रतिलिटर ३.८५ र ११.२५ रुपैयाँ वृद्धि भएर आएको थियो ।

    सोहीअनुसार निगमले परिवर्तित मूल्यमा मूल्य अभिवृद्धि करसहित समायोजन गरेर नयाँ मूल्य कायम गरेको विज्ञप्तिमार्फत जनाएको छ।   

    NOC.jpg
    undefined


    images
    images

    Logo