काठमाडौं । एयरपोर्टबाट राजस्व अनुसन्धान विभागले जफत गरेको सुन गाल्दा ६ तोला तौल घटेको छ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले मंगलबार प्रत्यक्ष प्रशारण समेत गरेर सुन गाल्दा सुनको कुल तौल ६० केजी ७१६ ग्राम भएको हो ।
सोमबार ‘ब्रेक शू’ बाट सुन निकाल्दा ६० किलो ६८९ ग्राम थियो । उक्त सुन गाल्दा करिब ६८ ग्राम घट्न पुगेको हो । गालिएको सुनलाई अब टक्सार महाशाखाले गुणस्तर परीक्षण गर्नेछ ।
यसअघि करिब १ क्विन्टल रहेको अनुमान गरिएको सुन सोमबार जोख्दा ६० किलो मात्रै रहेको पाइएको थियो ।