काठमाडौं । सुन प्रकरणमा संलग्न तीन चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । एयरपोर्टबाट एक क्विन्टल सुन अवैध रुपमा भित्र्याउने घटनामा संलग्न रहेको हुनसक्ने भन्दै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले २ जना पुरुष र १ जना महिलालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा चिनियाँ नागरिकहरु गाउ हुइ, झोङ सेक चिन र ताङ पिङ रहेका छन् । उनीहरूको साथबाट नगद ३१ लाख नेपाली रुपैयाँसमेत बरामद भएको सीआईबीले जनाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट जाँचपास भइसकेको अवस्थामा साउन २ गते राजस्व अनुसन्धान विभागले ब्रेक सुसहित ठूलो मात्रामा सुन बरामद गरेको थियो ।
जसको अनुसन्धान जारी रहेकोले यही प्रकरणमा थप ३ जना चिनियाँ नागरिक पक्राउ परेका हुन् ।