images
images

‘क्विन्टल’ सुन प्रकरण : हिजो तौल लिइयो, आजदेखि गुणस्तर जाँचिदै


  • 262
    SHARES
  • २०८० श्रावण ३० गते मंगलबार

    ‘क्विन्टल’ सुन प्रकरण : हिजो तौल लिइयो, आजदेखि गुणस्तर जाँचिदै

    काठमाडौँ । अवैध रुपमा नेपाल भित्र्याइएको सुनको तौल परीक्षण गरेको नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले आज सुन गाल्ने भएको छ । सुनको शुद्धता परीक्षणका लागि सुन गाल्न लागिएको हो । सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा सुन गालिने महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिए ।

    यसअघि हिजो ‘ब्रेक शू’ बाट सुन छुट्याइएकको काम भएको थियो । १०० किलो भनिएको उक्त सुन छुट्याउँदा ६० किलो ७८९ ग्राम रहेको छ । गालेपछि सुनको मात्रा अझै घट्ने अनुमान छ । 

    सुन गाल्ने काम सकिएपछि त्यसको गुणस्तर र आर्थिक परीक्षणको काम थालिने पनि उनले बताए । त्यसका लागि केही दिन लाग्नेछ । त्यसपछि मात्रै सुन कति छ र कुन गुणस्तरको हो भनेर पत्ता लाग्नेछ ।

    यही साउन २ गते राजस्व अनुसन्धान विभागको टोलीले तस्करीको सुन बरामद गरेको थियो । मोटरसाइकल र स्कुटीको ‘ब्रेक शू’ भित्र लुकाएर सुन भित्र्याइएको खुलेको थियो ।


    images
    images

    Logo