images
images

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना


  • 322
    SHARES
  • २०८० श्रावण ३० गते मंगलबार

    आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर रहेको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    राति मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी र मधेस प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।


    images
    images

    Logo