काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय बाहिर बरामद गरेको १ क्विन्टल परिमाणको भनिएको सुन जोख्दा ६० किलो ७८९ ग्राम भएको छ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यका अनुसार ब्रेक शुबाट सुन छुट्टयाएर जोख्दा ६० किलो ७८९ ग्राम भएको हो ।
सोमबार राष्ट्र बैंकको बबरमहल स्थित टक्सार महाशाखामा सुन जोखिएको थियो । अब उक्त सुनलाई मंगलबार बिहान १०: ३० बजे देखि गालिने छ र पुन: तौलिने जनाइएकाे छ ।
गत साउन ३ गते हङकङबाट ब्रेक प्याडमा लुकाएर ल्याइएको सुन राजश्व अनुसन्धान विभागको टोलीले भन्सार पास भइसकेपछि सिनामंगलबाट पक्राउ गरेको थियो । बरामद गरिएको सुन ८० देखि १०० किलोसम्म भएको अनुमान गरिएको थियो। हाल सीआईबीले यसको अनुसन्धान गरिरहेको छ।