काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको अध्यक्षमा चन्द्रमान मलेकु नियुक्त भएका छन् । सोमबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
बैठकले मलेकु र पुकार थापालाई सञ्चालक पदमा नियुक्त गरेको थियो । यस अघि सा अध्यक्षमा राम प्रसाद रोपाखेती र संचालकमा रमेश पौडेलले राजीनामा दिएका थिए । उनीहरु दुवैले राजिनामा दिएपछि नयाँ अध्यक्ष र संचालक नियुक्त गरिएको हो ।