images
images

भारत र पाकिस्तानसँग भिड्न नेपाली क्रिकेट खेलाडीको टोली घोषणा


  • 340
    SHARES
  • २०८० श्रावण २९ गते सोमबार

    भारत र पाकिस्तानसँग भिड्न नेपाली क्रिकेट खेलाडीको टोली घोषणा

    काठमाडौं । एशिया कप क्रिकेटमा खेल्नका लागि नेपाली टिमको घोषणा भएको छ । सोमबार क्रिकेट एशोशिएसन अफ नेपाल (क्यान)ले १७ सदस्यीय टोलिको घोषणा गरेको हो । 

    क्यानले रोहित पौडेलको कप्तानीमा अन्य १६ जनालाई चुनेको छ । टोलीमा कप्तान पौडेल सहित आशिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, करन केसी, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिश जीसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद र श्याम ढकाल छन् । 

    यसअघि टोलीमा रहेका ज्ञज्ञानेन्द्र मल्लले सन्यासको घोषणा गरेसँगै उनी टोलीमा समावेश भएका छैनन् । एसिया कपको पहिलो खेलमा नेपालले भदौ १३ गते पाकिस्तान र १८ गते भारतसँग प्रतिस्पर्धा गर्नेछ ।


    images
    images

    Logo