images
images

प्रतिनिधिसभा वैठक एक साता सर्यो


  • 289
    SHARES
  • २०८० श्रावण २९ गते सोमबार

    प्रतिनिधिसभा वैठक एक साता सर्यो

    काठमाडौं । प्रतिनिधिसभा वैठक एक साताको लागि सरेको छ । सोमबार बसेको वैठकमा एमालेले नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले भदौ ३ गते आइतबार सम्मका लागि वैठक सारेका हुन् । 

    वैठक सुरु भएलगत्तै एमालेका सांसदहरु उठेर विरोध जनाइरहेका थिए । सभामुखले आफ्ना भनाइहरु राख्नका लागि भर्खरै थुनामुक्त भएका कांग्रेसका सुनिल शर्मालाई समय दिएका थिए । शर्माले आफूलाई विना पक्राउ पुर्जी र सभामुखको चिठी पक्राउ गरिएको बताएका थिए । बिना कुनै आधार सुनियोजित रुपमा उनलाई फसाएर गिरफ्तार गरिएको बताउँदै उनले प्रहरीले आफूसँग कुनै जघन्य अपराध गरेको अपराधीसँग जस्तो व्यवहार गरेको बताएका थिए । उनी बोलुन्जेल एमालेका सांसदहरु उभिइरहेका थिए । 

    प्रमाण नभएरै पनि आफूलाई अपराधी ठहर्याएर पक्राउ गरिएको र हातपातसमेत गरिएको भन्दै उनले प्रधानमन्त्रीलाई ‘आतंकवादी’ जस्तो व्यवहार भएको बताएका थिए । उनले बोल्दै गर्दा माओवादी केन्द्रका सांसद हितराज पाण्डेले हात उठाएर नियमापत्ती जनाउँदै थिए । 

    शर्माले आफ्नो भनाइ राखेपछि सभामुख घिमिरेले एमालेका मानवीर राईलाई बोल्नका लागि समय दिएका थिए । राईले सरकारले अधिकारको सुनिश्चित गर्नुको सट्टा सभामुख, न्यायधिस सबैको अधिकार आफैंले लिएको बताएका थिए । 

    सरकारको रवैयाले सबैतिर नेपालको छवी धमिलिएको र नेपालको एलरपोर्ट सुन ट्रान्जिटका लागि कुख्यात भइरहेको भन्दै सरकारले आफ्नो काम ठीकसँग नगरेको भन्दै वर्तमान सरकारको विरोध गरेका थिए । 

    राईले बोल्दै गर्दा हितराज पाण्डेसहित माओवादी केन्द्रका अन्य सांसदहरुले हात उठेर नियमापत्ति जनाइरहेका थिए । सभामुखले राईलाई रोकेर पाण्डेलाई बोल्न समय दिँदा प्रधानमन्त्रीलाई ‘आतंककारी’ शब्द प्रयोग गरिएको र त्यसलाई रेकर्डबाट हटाउनुपर्ने माग राखेका थिए । 

    उनको माग कुनै नियममा नभएको भन्दै सभामुखले राईलाई आफ्नो भनाई पुरा गर्न समय दिएका थिए । राईले आफ्नो भनाइ सकेपछि सभामुख दैनिक कार्यसूचीमा प्रवेश गर्दा एमालेका महेश बर्तौलाले नाराबाजी सुरु गरेका थिए । बर्तौला र एमालेकै ठाकुरप्रसाद गैरेले नाराबाजी गरेपछि संसद अवरुद्ध भएके थियो । 

    राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु बोल्नका लागि उभिएर समय मागिरहेका थिए ।

    सभामुख घिमिरेले नाराबाजी छोडेर आसन ग्रहण गरि नियमित कार्यवाहीतर्फ प्रवेश गर्न पटक पटक अनुरोध गरेका थिए । एमालेको नाराबाजी नरोकिएपछि प्रतिनिधिसभाको अर्को वैठक भदौ ३ गते आइतबारका लागि सारिएको हो । 

     

     


    images
    images

    Logo