images
images

तस्करी रोक्न कर तिरेर खुला रुपमा सुन ल्याउने व्यवस्था गरौं : देउवा


  • 280
    SHARES
  • २०८० श्रावण २९ गते सोमबार

    तस्करी रोक्न कर तिरेर खुला रुपमा सुन ल्याउने व्यवस्था गरौं : देउवा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले कर तिरेर खुला रुपमा सुन ल्याउने व्यवस्था गर्न प्रस्ताव गरेका छन् । सोमबार नयाँ बानेश्वरस्थित ल्होत्से हलमा भएको संसदीय दलको वैठकमा उनले उक्त प्रस्ताव राखेका हुन् । 

    वैठकमा बोल्दै देउवाले तस्करी रोक्न भए पनि कर तिरेर भन्सारबाट निर्वाद रुपमा सुन ल्याउन दिइनुपर्नेमा जोड गरेका हुन् ।  ‘कर तिरेर यो सुन खुल्ला गर्ने व्यवस्था गर्नुपर्छ । यसले तस्करी रोक्न मदत गर्छ’, उनले भने । 

    उनले अवैध सुन तस्करीको छानबिन राज्यका निकायबाटै हुनुपर्नेमा जोड दिए । 

    प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने उच्च स्तरीय छानबिन समिति नै गठन गर्नुपर्ने माग गरेको छ । जसका कारण साउन १० गतेदेखि संसद बैठक अवरुद्ध हुँदै आएको छ । 


    images
    images

    Logo