काठमाडौं । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त सुपर लघुवित्तको व्यवस्थापन समुहका संयोजक र सदस्य पदका लागि ९ जनाको नाम सर्टलिस्टमा राखेको छ । बेंकले सोमबरा एक सुचना जारी गर्दै सर्टलिस्टमा परेका ९ जनालाई अन्तर्वार्ताको लागि सर्टलिस्ट गरिएको राष्ट्र बैंकले जनाएको छ ।
नेपाल राष्ट्र बैंकले असार १४ गते समस्याग्रस्त सुपर लघुवित्तको व्यवस्थापन तथा सञ्चालनका लागि दुई जना व्यक्ति सम्मिलित व्यवस्थापन समूह गठन गर्नु पर्ने भएकोले १ जना संयोजक र १ जना सदस्यको लागि दरखास्त आह्वान गरेको थियो। जसमा संयोजक पदको लागि ९ जना र सदस्य पदको लागि ५ जनाको आवेदन परेको थियो।
संयोजक पदमा आवेदन दिएका ९ जना मध्ये ५ जना र सदस्य पदमा आवेदन दिएका ५ मध्येबाट ४ जना अन्तर्वार्ताको लागि छनौट भएका हुन् । संयोजक पदतर्फ अन्तर्वार्ताको लागि छनौट हुनेमा शेष नारायण पोख्रेल, तेजेन्द्र शर्मा लम्साल, मिन बहादुर बोहरा, निर्मल कुमार कार्की र कुलमणि तिम्सिना रहेका छन् । त्यस्तै सदस्य पदतर्फ अन्तर्वार्ताको लागि छनौट हुनेमा शेष नारायण पोख्रेल, कुल चन्द्र पराजुली, रुपक थापा र देव चन्द्र राय रहेका छन् ।
राष्ट्र बैंकले यी उम्मेदवारहरुको अन्तर्वार्ताको लागि समय तोकेको छ । जसमा संयोजक पदको अन्तर्वार्ता भदौ ३ र सदस्य पदको अन्तर्वार्ता भदौ ४ मा हुने छ । अन्तर्वार्तापछि राष्ट्र बैंकले आवेदक मध्येबाट समस्याग्रस्त सुपर लघुवित्तको व्यवस्थापन तथा सञ्चालनका लागि १ संयोजक र १ सदस्य गरि २ जना व्यक्ति सम्मिलित व्यवस्थापन समूह गठन गर्ने छ ।



