images
images

मन्त्री मोदीको बिदाई, जाँदा जाँदै भने, ‘म खुसी छु’


  • 278
    SHARES
  • २०८० श्रावण २९ गते सोमबार

    मन्त्री मोदीको बिदाई, जाँदा जाँदै भने, ‘म खुसी छु’

    काठमाडौं । संघीय मामिला तथा समान्य प्रशासन मन्त्री अमनलाल मोदी बिदा भएका छन् । माओवादी केन्द्रले जनमत पार्टीलाई सरकारमा समावेश गरेर सो मन्त्रालय दिएसँगै मोदी सोमबार मन्त्रालयबाट औपचारिक रुपमा बिदा भएका हुन् । 

    पदबाट राजीनामा दिएका सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले आफू खुसी भएको बताएका छन् । मन्त्रालयमा आयोजित बिदाई कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘पद र प्रतिष्ठा सधैँ रहँदैन, म खुसी छु, अनुभव सङ्गाल्न पाएँ ।’

    पत्रकार सम्मेलनलाई बोल्दै उनले प्रधानमन्त्रीको सजिलोको लागि आफूले सहज रूपमा त्याग गरेको बताए।

    उनले भने, ‘विविध परिस्थितिलाई मध्यनजर गर्दै सरकारलाई बलियो बनाउन कहीँ न कहीँ त त्याग गर्नुपर्‍यो। त्यसैले मैले सहज तरिकाले प्रधानमन्त्रीले सबै पदाधिकारी र मन्त्रीलाई राखेर छलफल गर्नुभयो । कसले त्याग गर्ने, कसले सहज तरिकाले छोड्दिने भनेर ? सबैको प्रस्ताव गर्दा अन्य साथीहरूले पनि बोल्नुभयो बोल्न तर, मैले सहज रूपमा पद प्रतिष्ठा सधैँ रहँदैन भनेर आफै बिदा लिएँ । प्रधानमन्त्रीज्यू हाम्रो पार्टीको अध्यक्ष पनि हुनुहुन्छ ।’

    उनले आफूलाई अवसर दिएकोमा प्रधानमन्त्रीलाई धन्यवाद दिए । पद र प्रतिष्ठा सधैँ नमिल्ने भएकाले आफूले अनुभव गर्ने अवसर पाएको बताए। उनले आफ्नो बिदाइ पनि सुखद भएकाले खुसी भएको उनको भनाइ छ ।

     


    images
    images

    Logo