images
images

सीआईबीले लेख्यो टक्सार महाशाखालाई सुन जोख्न पत्र


  • 249
    SHARES
  • २०८० श्रावण २९ गते सोमबार

    सीआईबीले लेख्यो टक्सार महाशाखालाई सुन जोख्न पत्र

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकको टक्सार महाशाखालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सुन जोख्ने पत्र पठाएको छ । यससँगै, सिनामङ्गलबाट समातिएको सुनको परिमाण जोख्ने प्रक्रिया अघि बढेको हो ।

    सीआईबीबाट पत्र आएपछि प्रक्रिया अघि बढ्ने क्रममा रहे पनि राजश्व अनुसन्धानबाट समेत पत्र आउनुपर्ने जनाइएको छ । त्यसपछि १०० किलो परिमाणमा रहेको भनिएको सुनको आधिकारिक परिमाण पत्ता लाग्नेछ ।

    राजश्व अनुसन्धान विभागले तीन साउनमा सिनामंगलबाट सुनसहितको १५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो । मोटरसाइकल र स्कुरको ब्रेक शुभित्र लुकाएर सुन ल्याएको पाइएको थियो । त्यसबेला ब्रेक शुसहितको तौल लिइएको थियो । 

    सुन प्रकरणको अनुसन्धान १९ दिनसम्म गरेर राजश्व अनुसन्धान विभागले थप छानबिनको जम्मा सीआईबीलाई लगाएको थियो ।


    images
    images

    Logo