काडमाडौं । प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ परेका डाक्टर रञ्जितकुमार यादव थुनामुक्त भएका छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले नक्कली प्रमाणपत्र पेस गरेर डाक्टर बनेका भन्दै पक्राउ गरेका यादव सक्कली डाक्टर भएको पाइएपछि सोमबार उनलाई छाडिएको हो। यादवलाई साउन २५ गते ब्युरोले काठमाडौँबाट पक्राउ गरेको थियो ।
सीआईबीका प्रवक्ता नवराज अधिकारीका अनुसार, नेपाल मेडिकल काउन्सिलले पठाएको प्रमाण पत्रका आधारमा उनलाई पक्राउ गरिएको थियो । ‘तर नाम जुधेका कारण अर्को प्रमाण पत्र आएको भन्ने व्यहोराको पत्र आएपछि छाडेका छौं’, उनले भने, ‘यस विषयमा विज्ञप्ति जारी गरेर जानकारी दिँदैछौं ।’
यादव छुटेसँगै प्रकरणमा अब ६ जना सीआईबी हिरासतमा छन् ।