काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०ले सिम्रिक एयर हेलिकप्टर उडानमा लगाएको प्रतिबन्ध हटाएको छ । सिम्रिक एयरले प्राधिकरणलाई तिर्न बाँकी रहेको ५५ लाख १२ हजार ११२ रुपैयाँ बक्यौता बुझाएसँगै एयरको उडानमा लगाइएको प्रतिबन्ध हटाइएको हो ।
गत बिहीबार प्राधिकरणले सिम्रिकका सबै हेलिकप्टरको उडान रोके लगाएको थियो । बक्यौता रकम भुक्तानी नगरेको तथा प्राधिकरणको टोलीले गरेको वित्तीय अडिटबाट सिम्रिक एयरको वित्तीय अवस्था पनि कमजोर देखाएकाले सम्भावित सुरक्षा जोखिमलाई मध्यनजर गर्दै उडानमा रोक लगाईएकोे प्राधिकरणले जनाएको थियो ।