images
images

अवरुद्ध पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालन


  • 320
    SHARES
  • २०८० श्रावण २८ गते आइतबार

    अवरुद्ध पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालन
     
    तनहुँ । तनहुँ २८ साउन स् पहिराका कारण अवरुद्ध बनेको पृथ्वीराजमार्गअन्र्तगत दमौली–डुम्रे सडक खण्ड दुईतर्फीरुपमा सञ्चालनमा आएको छ । तनहुँको व्यास नगरपालिका–१२ स्थित बेलभञ्ज्याङ्गमा माथिबाट पहिरा खस्दा आज दिउँसो १२ः३० बजेदेखि राजमार्ग अवरुद्ध बनेको थियो । 
     
    केही दिनदेखिको अविरल वर्षाका कारण उक्त सडक खण्डमा पहिरा खसिरहेकाले पटकपटक अवरुद्ध हुने गरेको जिल्ला प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए। आज करिब दुई घण्टाको प्रयासपछि राजमार्गको पहिरा हटाएर आवागमन सञ्चालन गरिएको उनले बताए ।
     
    जिल्ला तथा इलाका प्रहरी कार्यालयबाट खटिएको विपद् व्यवस्थापन टोली र स्थानीय पालिकाको सहकार्यमा पहिरा पन्छाइएको खाँणले बताए ।  


    images
    images

    Logo