images
images

विमानमा चरा ठोक्किएपछि उडान अवरुद्ध


  • 356
    SHARES
  • २०८० श्रावण २८ गते आइतबार

    विमानमा चरा ठोक्किएपछि उडान अवरुद्ध

    बङ्गलादेशको राजधानी ढाकाको हजरत शाहजलाल अन्तरराष्ट्रिय विमानस्थलमा उड्नलागेका दुई वटा विमानमा चरा ठोक्किएपछि उडान अवरुद्ध भएका तर मानवीय क्षति भने नभएको अधिकारीहरूले बताएका छन् । 

    राष्ट्रिय ध्वजावाहक विमान बङ्गलादेश एयरलाइन्सको ब्याङ्कक उड्नलागेको विमानमा चरा ठोक्किएपछि एउटा टायर फुटेर उडान अवरुद्ध भएको उक्त विमानका एक जना वरिष्ठ चालकलाई उद्धृत गर्दै दैनिक समाचारपत्र डेली स्टारले जनाएको छ । यात्रुहरूलाई  वैकल्पिक व्यवस्था गरेर  ब्याङ्कक पठाइएको थियो । 

    दोस्रो घटनामा, रिपोर्ट अनुसार, त्यसैगरी फ्लाई दुबईको विमान दुबईतर्फ उड्न लागेका बेला विमानको वाया इन्जिनमा चरा ठोक्किएपछि तीन वटा प्रपेलर ब्लेडमा क्षति भएको थियो । विमान उड्न केही सेकेण्ड बाँकी हुँदा अकष्मात रोक्नुपर्दा दुई वटा पाङ्ग्रा पनि पग्लिएका अज्ञात स्रोतहरूलाई उद्धृत गर्दै उक्त अखबारले खबर छापेको छ । 

    यसअघि गत डिसेम्बरमा पनि सोही विमानस्थलमा अवतरणका क्रममा विमानको इन्जिनमा चरा ठोक्किएर ड्रिमलाइनर विमानमा क्षति भएको थियो ।


    images
    images

    Logo