images
images

एमालेलाई चिन्ता सरकारको हैन, देशको छ : ओली


  • 407
    SHARES
  • २०८० श्रावण २८ गते आइतबार

    एमालेलाई चिन्ता सरकारको हैन, देशको छ : ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सरकारको नभइ देशको चिन्ता भएको बताएका छन् । आइतबार पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलनका क्रममा उनले सत्तामा जान नखोजेको बताएका हुन् । 

    ‘सुन तस्करीको हल्ला चलाएर एमाले सत्तामा जान लागेको त हैन ? भन्ने हल्ला आउन सक्ला, एमालेलाई सरकारमा रुची हैन, चिन्ता सरकारको हैन, देशको हो । देशको अर्थतन्त्रको हो, जनताको हो । सामाजिक दैनिकीको हो’, उनले भने, ‘कुन अवस्थामा देश पुगेको छ ? उद्योगधन्दा के भइरहेका छन् ? आज निर्माण व्यवसायी गिरफ्तार गरिन्छन्, उनीहरूका भनाइ कसैले सुन्दैन । निर्माण व्यवसायी सडकमा आउनुपर्ने अवस्था सरकारले गरेको हो’ । 

    एमालेलाई तत्कालका लागि सत्तामोह नरहेको ओलीको भनाइ थियो । ‘एमालेलाई अहिले सत्ता मोह, सत्ता लोलुपता छैन । हामीलाई सत्तातिर हेर्नु पनि छैन । तर, यसको अर्थ सरकारले हामीले हेरेको छैन भनेपछि 'ए ढुक्कै रहेछ नि त जे गरे पनि हुन्छु भन्ने कुरा चल्दैन । जे पनि गर्न पाउँदैन,’ उनले भने ।


    images
    images

    Logo