images
images

३३ किलो सुन पत्ता लगाउन नसकेपनि गायब पार्नेलाई कारवाही गर्यौं : ओली


  • 236
    SHARES
  • २०८० श्रावण २८ गते आइतबार

    ३३ किलो सुन पत्ता लगाउन नसकेपनि गायब पार्नेलाई कारवाही गर्यौं : ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३३ किलो सुन नभेटिए पनि गायब पार्नेमाथि आफू नेतृत्वको सरकारले कारवाही गरेको दाबी गरेका छन् । 

    आइतवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार  सम्मेलनमा ओलीले आफूभन्दा अगाडिको सरकारको पालामा ३३ किलो सुन आए पनि खोज्दा नभेटिएको तर संलग्नलाई कारवाही गरेको विरोधाभास टिप्पणी गरेका हुन् ।

    ‘३३ किलो सुन हाम्रो सरकार बन्नुभन्दा अगाडि आएको थियो । अनेक सुन आउने र जाने  भइरहेको रहेछ । छानबिन समिति बनाउँदा सुन भेटिएन । तर छानबिन समिति बनाएर कारवाही गरियो । अहिले पनि जेलमा छन्’ ओलीले भने, ‘यसमा संलग्नमाथि कारवाही गरियो । सुन त बाहिर पठाइसकिएको थियो । गायब थियो । तर पत्ता लगाउन सकिएन । लुकेको कुरा थाहा पाएपछि कानूनी दायरामा ल्याएर कठघरामा उभ्यायौं ।’

    कडाइका साथ छानबिन गर्दा पनि सुन नभेटिएको अ‍ोलीले स्वीकार गरे । आवश्यक परे फेरि पनि त्यो काण्डमा सरकारले छानबिन गर्न सक्ने बताए ।

    यस्तै ओलीले एक सय किलो सुन काण्डबारे उच्चस्तरीय स्वतन्त्र छानबिन समिति बनाउनुको विकल्प नभएको पनि बताए ।


    images
    images

    Logo