images
images

माण्डु हाइड्रोपावरमा फेला पर्यो पुरुषको लाश


  • 397
    SHARES
  • २०८० श्रावण २८ गते आइतबार

    माण्डु हाइड्रोपावरमा फेला पर्यो पुरुषको लाश

    हेटौंडा । मकवानपुरको माण्डु हाइड्रोपावरमा एक पुरुषको लाश फेला परेको छ । भीमफेदी गाउँपालिका ८ स्थित सो हाइड्रोपावरमा अन्दाजी ३५ वर्षीय पुरुषको शव फेला परेको हो । 

    फेला परेको शवको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । उक्त शव बागमती खोलाले बगाएर ल्याएको अवस्थामा माण्डु हाइड्रोपावरको पानी जम्मा गरी फोहोर छुट्ट्याउने ठाउँमा फेला परेको हो । 

    हाल घटनास्थलमा प्रहरी चौकी सिस्नेरी र इलाका प्रहरी कार्यालय भीमफेदीको टोली पुगेर शवको मुचुल्का उठाएको छ । शव हेटौंडातर्फ ल्याउने तयारी भइरहेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।

    सोही हाइड्रोपावरमा केही दिनअघि अन्दाजी १६ वर्षीया किशोरीको शव फेला परेको थियो । उक्त शवको समेत हालसम्म सनाखत हुन सकेको छैन ।


    images
    images

    Logo