images
images

स्रोत नखुलेको रकमसहित एक पक्राउ


  • 484
    SHARES
  • २०८० श्रावण २७ गते शनिबार

    स्रोत नखुलेको रकमसहित एक पक्राउ

    काठमाडौं । सिरहाबाट स्रोत नखुलेको करिब ९ लाख रुपैयाँ रकमसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । शुक्रबार अपराह्न सिरहा नगरपालिका–१७ का ४८ वर्षीय सञ्जीवकुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

    गोप्य सूचनाका आधारमा प्रहरी चौकी खिरौना सिरहाबाट खटिएको प्रहरी सहायक निरीक्षक दुर्गाप्रसाद यादवको कमाण्डको टोलीले नेपाल–भारत सिमानास्थित भारतबाट नेपालतर्फ आउँदै गर्दा साहलाई पक्राउ गरेको हो । 

    बा १२प १६३७ नंको मोरटसाइकलमा सवार साहको शरीरमा बेरेर राखिएको रु दुई लाख २० हजार र भारतीय रकम ४६ हजार १ सय, मोरटसाइकलमा लुकाएर राखेको ६ लाख रुपैयाँ गरी जम्मा ८ लाख ७५ हजार ७ सय ६० रुपैयाँ बरामद गरेको हो । 

    प्रहरीले साहलाई उक्त रकम र मोटरसाइकलसहित नियन्त्रणमा लिइ थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय इटहरी, सुनसरीमा बुझाएको सिरहा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्रराज पाण्डेले जानकारी दिए ।

     


    images
    images

    Logo