images
images

प्रहरीद्वारा ५२ लाख ७५ हजार नक्कली नोटसहित ९ जना पक्राउ


  • 261
    SHARES
  • २०८० श्रावण २७ गते शनिबार

    प्रहरीद्वारा ५२ लाख ७५ हजार नक्कली नोटसहित ९ जना पक्राउ

    काठमाडौं । नेपाल प्रहरीले ५२ लाख ७५ हजार रुपैयाँ नक्कली नोटसहित नौ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले आज पत्रकार सम्मेलन गरी काठमाडौँ र भक्तपुरका विभिन्न स्थानबाट ५२ लाख ७५ हजार रुपैयाँ नगदसहित ९ जनालाई पक्राउ गरेको जानकारी दिएको हो ।

    पक्राउ पर्नेमा सिन्धुपाल्चोकका अर्जुन सुवेदी, सुशील कार्की, मिलन भण्डारी, शिव भण्डारी, कृष्ण भण्डारी, झापाका युवराज राई, अछामका अर्जुन बुढा, गुल्मीका सागर आचार्य र नवलपरासीकी पार्वती नेपाली रहेका छन् ।

    पत्रकार सम्मेलनमा परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीले बिहीबार लु १ प ५ नम्बरको पर्यटक बसलाई नागढुङ्गामा जाँच गर्ने क्रममा डिक्कीमा चाउचाउको कार्टुनमा प्याक गरी राखिएकोे अवस्थामा नक्कली नोट फेला परेको जानकारी दिए ।

    “बसका चालक र सहचालकलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दै जाने क्रममा बालाजु बसपार्क र भक्तपुरको बुढाथोकी गाउँबाट थप १७ लाख २ हजार नक्कली नोट बरामद गरेका हौँ,” एसएसपी कार्कीले भने ।

    कारोबारीले भक्तपुरको चाँगुनारायणमा कारखाना नै सञ्चालन गरेर नक्कली नोट उत्पादन गर्ने गरेको अनुसन्धानबाट प्रहरीले जनाएको छ । पक्राउ परेकालाई मुद्रा कसुरअन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको परिसर प्रमुख कार्कीले बताए। 

     


    images
    images

    Logo